Logo

समाचार

नारायणगढ-मुग्लिन सडकमा राति गाडी चलाउन बन्द



काठमाडौं। नारायणगढ-मुग्लिन सडकमा राति गाडी चलाउन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म उक्त सडकमा सबै प्रकृतिका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

उक्त सडक खण्डअन्तर्गत मुग्लिन बजारनजिकै नारायणगढतर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर भइरहेको प्रशासनले जनाएको छ।

जसका कारण रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवगमन बन्द गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलवार १८:५०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।