Logo

अर्थ

प्रभु बैंककी चिफ विजनेस अफिसर रश्मी पन्त पक्राउ



काठमाडाैं । प्रभु बैंककी चिफ विजनेस अफिसर रश्मी पन्तलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

कर्जा प्रवाहमा अनियमितता गरेको देखिएपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।

यसअघि यही प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष तथा रुपन्देहीका ५८ वर्षीय शशिधर शर्मालाई पनि सिआइबीले असार ३० गते पक्राउ गरेको थियो। शर्माले प्रभु बैंकबाट करिब ४८ करोड रुपैयाँ कर्जा लिएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार १७:४७   :  बजे

486
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।