Logo

अर्थ

५ वर्ष पुरानो नगद लाभांश लिन सेयरधनीलाई नबिल बैंकको आग्रह



काठमाडौं । नबिल बैंकले पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन बाँकी रहेका शेयरधनीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

बैंकले साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेडसमेतबाट लाभांश घोषणा भएको मितिले पाँच वर्षसम्म पनि लाभांश लिन नआएका सम्बन्धित सेयरधनीलाई बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग, नक्साल, नारायणचौर, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको हो ।

बैंकका अनुसार सम्बन्धित सेयरधनी वा निजका हकवालाले आर्थिक वर्ष २०७६/०७७ सम्मको बुझिलिन बाँकी नगद लाभांश तथा लगानीकर्ता संरक्षण कोषमा दाखिला गरिएको रकमसमेत बैंकको सेयर रजिष्ट्रारमार्फत दाबी गर्न सक्नेछन् ।

त्यसैगरी, बैंकले आर्थिक वर्ष २०८१/०८२ सम्म वितरण गरिएको नगद लाभांशसमेत कुनै सेयरधनीले नबुझेको वा प्राप्त नगरेको भए बैंकको सेयर रजिष्ट्रार कार्यालयमा सम्पर्क गरी बुझिलिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार १६:३२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।