काठमाडौं । कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग अस्पताललाई सहयोग गरको हो । यो रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिने बताइएको छ ।
नेपाल सरकार अन्तर्गत सञ्चालन भइरहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्र मध्ये एक हो ।
केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकतालाई सम्बोधन गर्न उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न योगदान पुर्याउँदै आएको छ । यस सहयोगले नवजात शिशु तथा बालबालिकाको उपचार गुणस्तर अभिवृद्धि गर्न, जीवनरक्षा दर बढाउन तथा स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
“समुदायका लागि कुमारी बैंक” भन्ने मूल भावनाका साथ बैंकले विगत २५ वर्षदेखि शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता र वातावरण संरक्षणका क्षेत्रमा काम गरिरहेको छ। बैंकले देशभर फैलिएका २९८ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया