काठमाडौं । विशेष अदालतले नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र १९ लाख रुपैयाँ जरिवाना सुनाएको छ। बैंकको अध्यक्ष पदको दुरुपयोग गरेको ठहर गर्दै अदालतले अधिकारीलाई थप एक महिना कैद सजाय तोकेको छ। र्याडिसन होटल परियोजनाका लागि कर्जा सहजीकरण गरिदिने क्रममा घूस लिएको अभियोगमा अदालतले अधिकारीबाट १९ लाख रुपैयाँ असुल गरी पीडित राहत कोषमा दाखिला गर्नसमेत आदेश दिएको छ। अदालतको फैसलाअनुसार अधिकारीले बैंकको अध्यक्ष पदमा रहँदा आफ्नो पदको दुरुपयोग गरी परियोजनालाई कर्जा उपलब्ध गराउन सहजीकरण गरेको र त्यस क्रममा रकम लिएको ठहर भएको हो।



















प्रतिक्रिया