काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गर्दै फ्रेश तथा सुकिला नोट उपलब्ध गराउने व्यवस्था गरेको छ। राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय तथा सबै प्रदेश कार्यालयबाट सर्वसाधारणले फ्रेश तथा सुकिला नोट साट्न पाउने भएका छन्।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार बैंक तथा वित्तीय संस्थाबाट पनि फ्रेश तथा सुकिला नोट उपलब्ध हुने व्यवस्था गरिएको छ। उनका अनुसार असोज १ देखि १५ गतेसम्म मात्रै करिब ७ अर्ब रुपैयाँ बराबरका सुकिला तथा फ्रेश नोट साटिइसकेका छन्।
पछिल्लो समय राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले ठूलो परिमाणमा फ्रेश नोट लगेर गएको पौडेलले बताए। दसैंमा नयाँ तथा सुकिला नोटको माग बढ्ने भएकाले राष्ट्र बैंकले सोहीअनुसार नोट व्यवस्थापन गर्दै आएको उनको भनाइ छ।
राष्ट्र बैंकले सर्वसाधारणलाई आफूलाई आवश्यक पर्ने परिमाणमा सुकिला तथा फ्रेश नोट बैंक तथा राष्ट्र बैंकका सम्बन्धित कार्यालयबाट साट्न सकिने जनाएको छ।




















प्रतिक्रिया