Logo

राजनीति

राष्ट्रपति पौडेलले जारी गरे विपद्सम्बन्धी अध्यादेश



 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेश जारी गरेका हुन्।

रसुवामा आएको बाढीमा परी बेपत्ता भएकाहरूलाई कानुनी रूपमा मृत घोषणा गर्ने व्यवस्था मिलाउन सरकारले उक्त अध्यादेश ल्याएको हो। अध्यादेश जारी भएसँगै बाढीमा बेपत्ता भएकाहरूको अवस्थालाई कानुनी मान्यता दिने प्रक्रिया अघि बढाउन बाटो खुलेको छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार २०:५१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।