काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदकी खुला उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन्।
वैदेशिक रोजगारीका लागि इजरायल पठाउने नाममा भएको भनिएको ठगी प्रकरणमा अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० स्रोतले जनाएको छ।
यसअघि यही प्रकरणमा दोलखाकी ३२ वर्षीया बालिका सिवाकोटी र रामेछापका ५१ वर्षीय भरत चौलागाईंलाई पक्राउ गरिएको थियो। उनीहरूलाई इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा सीआईबीले २०८३ असोज १ गते काठमाडौंमा पक्राउ गरेको जनाइएको छ।
आज सोही प्रकरणमा खड्का पनि पक्राउ परेको सीआईबी स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
आरोप पुष्टि हुन बाँकी रहेकाले पक्राउ परेका व्यक्तिहरूको हकमा कानुनी प्रक्रियाबाटै दोष निर्धारण हुनेछ।



















प्रतिक्रिया