काठमाडौं । एसपिजी अटोमोबाइल्स प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को अवसरमा ग्राहकलाई विशेष छुट प्रदान गर्ने गरी समझदारी बनेको छ ।
साझेदारीअन्तर्गत यस बैंकले ओमोडा एन्ड जेइकुका ग्राहकलाई सर्भिस चार्जमा विशेष छुट प्रदान गर्ने भएको हो ।
साथै, बैंकमार्फत ओमोडा एन्ड जेइकुको सवारीसाधन खरिदका लागि फाइनान्सिङ गर्ने ग्राहकले सवारीसाधन खरिदमा विशेष छुटसमेत प्राप्त गर्ने बताइएको छ ।
एनपिएल सिजन–३ अवधिभर लागू हुने यो योजना देशभरका आधिकारिक ओमोडा एन्ड जेइकु डिलरसिप तथा सिद्धार्थ बैंकका शाखामार्फत उपलब्ध हुनेछ । यसले देशभरका ग्राहकलाई उक्त विशेष लाभ सहज रूपमा प्राप्त गर्ने अवसर प्रदान गर्ने अपेक्षा दुवै पक्षको छ ।
यस साझेदारीले ओमोडा एन्ड जेइकुका सवारीसाधन खरिद तथा स्वामित्व अनुभवलाई थप लाभदायी बनाउने अपेक्षा गरिएको छ । साथै, सवारीसाधन खरिद, फाइनान्सिङ तथा सर्भिस चार्जमा विशेष लाभ उपलब्ध हुने भएकाले ग्राहकले एनपिएल सिजन–३ अवधिभर यस योजनाबाट लाभ लिन सक्नेछन् ।




















प्रतिक्रिया