Logo

अर्थ

करिब २२ किलो सुन भन्सारलाई हस्तान्तरण



काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको करिब २२ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले थप अनुसन्धान तथा कारबाहीका लागि सुनसहित पक्राउ परेका तीन चिनियाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको बताए ।

२२ असोजमा अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठको माथिल्लो भंगालबाट २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको थियो । बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख, ७ हजार ३२० रुपैयाँ हुन आउँछ ।

माथिल्लो भंगालस्थित एक घरबाट प्रहरीले सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का, लेसिलो अवस्थाको सुन, लेसिलो अवस्थाका सुनहरू बरामद भएका हुन् ।

सुनसँगै चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार १३:२१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।