काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभाले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न सभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश ९प्रस्तावित बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित० वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।
सभाले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा सोही अवधिको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब र इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण पारित गरेको छ।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०८३र८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि स्वीकृत गरेको बैंकले जनाएको छ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ छ। सभाबाट पारित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार रुपैयाँ पुग्नेछ।
आईएसओ ९००१स्२०१५ र आईएसओ २७००१स्२०२२ प्रमाणपत्र प्राप्त बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले डिजिटल बैंकिङ सेवासमेत विस्तार गर्दै ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।




















प्रतिक्रिया