Logo

अर्थ

बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्म समय थप



काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढीग्रस्त क्षेत्रका व्यवसायी तथा ऋणीलाई राहत दिने ऋणको साँवा र ब्याज भुक्तानीको समयावधि थप गरेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा एउटा परिपत्र जारी गर्दै बाढीग्रस्त क्षेत्रका व्यवसायी तथा ऋणीको साँवा र ब्याज भुक्तानीको समयावधि थप गर्न निर्देशन दिएको छ । अब त्यस्ता ऋणीले असोज मसान्तमा तिर्नुपर्ने ऋणको साँवा र ब्याज आउँदो पुस मसान्तसम्म तिर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ- भोटेकोशी तथा बुढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध–तयारी तथा मालवस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडामा रहेको रकम लगायतका ऋणीको वित्तीय अवस्था, आयात एवं निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी किस्ता भुक्तानी कठिनाइ भएको ऋणीको २०८३ असोज मसान्तमा किस्ता (साँवा र ब्याज) भुक्तानी गर्ने समयावधि इजाजत पत्र प्राप्त संस्थाले २०८३ पुस मसान्तसम्म थप गर्न सक्नेछन् ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १४:१३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।