बिक्री कक्षमा डीडीसीले उत्पादन गरेका दूध, दही, घिउ, पनिर, चीजलगायत २० प्रकारका दुग्धजन्य पदार्थ उपलब्ध हुनेछन्। बिक्री कक्षका सञ्चालक प्रदीप पण्डितका अनुसार उपभोक्तालाई सहज रूपमा गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराउने उद्देश्यले कक्ष सञ्चालनमा ल्याइएको हो।
संस्थानले ग्रामीण क्षेत्रका किसानबाट दूध संकलन गरी विभिन्न दुग्धजन्य पदार्थ उत्पादन गर्दै सहरी क्षेत्रका उपभोक्तामाझ पुर्याउँदै आएको छ।
महाप्रबन्धक पाण्डेका अनुसार चितवनका विभिन्न स्थानमा आगामी तीन महिनाभित्र डीडीसीका उत्पादन मात्रै बिक्री गर्ने थप १० वटा कक्ष सञ्चालनमा ल्याइनेछ।
भरतपुर, सौराहा, रत्ननगर, पश्चिम चितवन र माडीमा बिक्री कक्ष विस्तार गर्ने संस्थानको योजना छ। हाल देशभर डीडीसीका उत्पादन मात्र बिक्री गर्ने ३५ वटा कक्ष सञ्चालनमा छन्।
संस्थानका अनुसार हाल काठमाडौंको बालाजु, हेटौँडा, विराटनगर, बुटवल, नेपालगञ्ज र धनगढीमा दुग्ध प्रशोधन उद्योग सञ्चालनमा छन्। निकट भविष्यमा पोखरामा पनि उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ।
डीडीसीले दैनिक करिब ३५ हजार लिटर दूध संकलन गरी प्रशोधनपछि बजारमा पठाउँदै आएको छ।





















प्रतिक्रिया