Logo

विविध

लक्ष्मीपूजाको दिन बेलुका १८ सय १३ मेगावाट विद्युत् खपत



काठमाडौं। यस वर्षको लक्ष्मीपूजाका दिन राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा विद्युत् माग उक्त विन्दुमा पुगेको हो।

प्राधिकरणका अनुसार उक्त समयमा देशभित्र कुल २ हजार ४००।३० मेगावाट विद्युत् उत्पादन भएको थियो। आन्तरिक खपत पूरा गरेपछि बचत भएको ५८७।३० मेगावाट विद्युत् भारत र बंगलादेश निर्यात गरिएको प्राधिकरणले जनाएको छ।

पिक लोडको समयमा निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट सबैभन्दा बढी १ हजार ५३६।५० मेगावाट विद्युत् उत्पादन भएको थियो। त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४९९।२० मेगावाट, प्राधिकरणका जलाशय तथा नदी प्रवाही ९आरओआर र पीआरओआर० आयोजनाबाट ३४२।३० मेगावाट र स्टोरेज आयोजनाबाट २२।३० मेगावाट विद्युत् उत्पादन भएको थियो।

लक्ष्मीपूजाको दिन विद्युत् आपूर्तिमा कुनै अवरोध नभएको प्राधिकरणले जनाएको छ। उक्त समयमा विद्युत् प्रणालीको फ्रिक्वेन्सी ५०।१२० हर्ज कायम रहेको थियो।

यसैबीच, लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यकाको अधिकतम विद्युत् माग ४८९।५० मेगावाट पुगेको प्राधिकरणको तथ्यांक छ।

गत वर्षको लक्ष्मीपूजामा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ७४५ मेगावाट रहेको थियो। यस वर्ष उक्त माग ६८ मेगावाटले बढेको हो।

पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएपछि चाडपर्वका समयमा समेत आन्तरिक माग धान्दै अतिरिक्त विद्युत् छिमेकी मुलुकमा निर्यात गर्न सकिने अवस्था बनेको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आईतवार २०:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।