Logo

Sports

एनपीएलः पोखराद्वारा काठमाडौंलाई कीर्तिमानी लक्ष्य



काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको कीर्तिमानी लक्ष्य दिएको छ । यो लक्ष्य एनपीएल ईतिहासकै उच्च लक्ष्य हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२४ रन बनायो । जसमा कुशल भुर्तेलले ९९, युवराज सामराले ८९ रन बनाए ।

काठमाडौंका कप्तान करण केसीले २ र जहानदाद खानले १ विकेट लिए । प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ ।

बाहिरिसकेको पोखरा भने अंक तालिकाको पुछारमा छ । काठमाडौंले आजको खेल जिते पहिलो क्वालिफायर खेल्नेछ । हारेको खण्डमा इलिमिनेटर खेल्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आईतवार १९:१३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।