Logo

खेलकुद

एनपीएलको प्लेअफ समिकरण पूरा, अब के हुन्छ ?



काठमाडौँ । तेस्रो सिजनको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको प्ले अफ समिकरण पूरा भएको छ । लिग चरणका सबै खेल सकिएसँगै प्ले अफमा पुग्ने चार टोली कुन कुन स्थानमा रहे भन्ने तय भएको हो । पहिलो सिजनको विजेता जनकपुर यसपटक पनि तालिकाको पुछारमा अर्थात् आठौँ स्थानमा रहँदै घर फर्किएको छ । टोली गत सिजनमा पनि पुछारमै थियो ।

यस्तै राम्रो शुरुवात गरेको र डेभिड मिलरलाई भित्र्याएको कर्णाली पनि प्ले अफमा पुग्न सकेन । आन्द्रे रसेलको प्रेरणा पाएको राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पनि प्लेअफमा पुग्न सकेन । लिग चरणमा लगातार राम्रो प्रदर्शन गरेको साविक विजेता लुम्बिनी लायन्स शीर्ष स्थानमा रहँदै उपाधि यात्रालाई निरन्तरता दिन सफल भएको छ ।

लुम्बिनीले अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । प्रतियोगिताको उद्घाटनमा पनि यीनै दुई टोलीले खेल्दा सुदूरपश्चिम पराजित भएको थियो । यो खेल जित्ने टोली प्रतियोगिताको फाइनल पुग्नेछ भने पराजित हुने टोलीले तेस्रो र चौथो स्थानका काठमाडौँ र चितवनविचको खेल जित्ने टोलीसँग खेल्ने मौका पाउने छ ।

लगातार दुई संस्करणको फाइनल खेलेको सुदूरपश्चिम रोयल्स पनि यसपटक पनि दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको छ । अबको खेलमा लुम्बिनीसँग लगातार दुई पराजयको बदला लिन सके ऊ फाइनल पुग्नेछ । र यसअघिका दुबै सिरिजमा फाइनलमा पुगे पनि उपविजेतमा सिमित बन्नुपरेको दुख भुल्नेछ । घरेलु टोली काठमाण्डु गोर्खाजले यस सिजनमा केही राम्रो प्रदर्शन गरेको छ ।

तेस्रो स्थानमा रहँदै प्लेअफमा पुग्न सफल काठमान्डुले चौथो स्थानको चितवनसँग एलिमिनेटर खेल्ने छ । यो खेलमा पराजित भए चौथो स्थानमा रहँदै प्रतियोगिता टुंग्याउने छ भने विजयी भए फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिममध्ये एक टोलीको चुनौती सामना गर्नुपर्ने छ । प्लेअफमा स्थान बनाउने चौथो टोली चितवन राइनोजले औसत प्रदर्शन गर्दै प्ले अफमा पुगेको हो ।

तर एलिमिनेटर जित्दै दोस्रो क्वालिफायर खेल्ने र उक्त खेल पनि जित्दै फाइनल पुग्ने सम्भावना जिवितै छ । अबका सबै खेल प्ले अफमा पुगेका चारै टोलीका लागि महत्त्वपूर्ण छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार १६:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।