Logo

अर्थ

लक्ष्मी सनराइज बैंकको २६औँ साधारणसभा मंसिर २५ गते, ५.२६ प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं। लक्ष्मी सनराइज बैंकले आफ्नो २६औँ वार्षिक साधारणसभा आगामी मंसिर २५ गते आयोजना गर्ने भएको छ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले साधारणसभा गर्ने मिति तय गरेको हो। सभामा गत आर्थिक वर्ष २०८२र८३ का लागि प्रस्ताव गरिएको कुल ५।२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ।

प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६ प्रतिशत नगद लाभांश रहेको छ। साधारणसभाले उक्त लाभांश प्रस्ताव अनुमोदन गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

त्यस्तै, बोनस सेयर वितरणपछि कायम हुने पुँजी संरचनाअनुसार बैंकको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत पारित गर्नेछ। संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोहीअनुसार आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने बैंकले जनाएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १३ गतेसम्म कायम सेयरधनीहरू साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार ०७:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।