Logo

अर्थ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदी तोलाको ३५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार १४५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार १२:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।