Logo

अर्थ

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ बोनश र नगद ?



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनार्थ मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेसँगै आजसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।
बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्तापुँजीको १६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न बैंकले मंसिर २३ गते आफ्नो ४०औँ वार्षिक साधारणसभा बोलाएको छ।
सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सुरु हुनेछ।
सभाले प्रस्तावित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्नेछ।
त्यसैगरी, सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार १२:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।