काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले मंसिर २३ गते, बुधबार १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल माला इन, घोराही उपमहानगरपालिका वडा नं.१५, दाङ्गमा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत गरी कुल ५.२६३ प्रतिशतनगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।



















प्रतिक्रिया