Logo

बैंकिङ

एनआईसी एसिया बैंकद्वारा आधारभूत शेयरधनीलाई हकप्रद शेयरको रकम जम्मा गर्न आग्रह



काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना सञ्चालक तथा आधारभूत शेयरधनीहरूलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।
बैंकले आज सूचना जारी गर्दै आफ्नो भागमा पर्ने हकप्रद शेयरबापतको रकम आगामी मंसिर २१ गतेभित्र जम्मा गर्न आग्रह गरेको हो।
नेपाल धितोपत्र बोर्डले बैंकलाई हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति दिइसकेको छ।
बैंकले सुरुमा सञ्चालक तथा आधारभूत शेयरधनीहरूबाट हकप्रद शेयरबापतको रकम संकलन गर्नेछ। उनीहरूले रकम जम्मा गरेपछि बैंकका अन्य शेयरधनीहरूका लागि समेत हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढाइनेछ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले हकप्रद शेयर जारी गर्नेछ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आईतवार १३:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।