Logo

राजनीति

काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी



सुर्खेत । पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिक आफुहरुले पाउने दाबी गरेका छन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित देउवा समुहको प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उहाले कांग्रेसको आधिकारिकता आफुहरुले पाउने दाबी गरेका हुन् ।

उनले भने,‘अहिले कांग्रेसको आधिकारिक विवाद कायमै छ, अदालतमा बिचाराधिन रहेको मुद्धामा धेरै वहस नगरौं, तर अदालतले हामीलाई न्याय दिन्छ भन्ने विश्वस्त छु । अहिले कांग्रेसको सभापति मनै हुँ, महाधिवेशन पछाडि अर्को साथी सभापति रुपमा आउनुहुन्छ’

साथै उनले नेपालको संविधान र कांग्रेसको विधान अनुसार आधिकारिकता आफूले नै प्राप्त गर्नेमा विश्वस्त रहेको बताए ।

न्यायालयप्रति विश्वास रहेको भन्दै पार्टीको आधिकारिकता आफुहरुले पाउने बताए ।

उनले देशका जनता र कांग्रेस पार्टीले आफुलाई पाँचपटक सम्म प्रधानमन्त्री बनाएको बताउँदै अब आफुलाई केही नचाहिएको बताए ।

उनले भने, यो पार्टी र देशका जनताले मलाई धेरै दिइसक्यो, अब मैले देश र जनतालाई दिन बाँकी छ । अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री ।’

प्रदेश अधिवेशनलाई डा. शंशाक कोइराला लगायतका नेताहरुले समेत सम्बोधन गरेका थिए । यसअघि देउवा समुहको सुर्खेत जिल्ला महाधिवेशन सम्पन्न भइसकेको छ । सभापतिमा ललित भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।

देउवा समुहले कर्णालीको सभापति पनि निर्विरोध निर्वाचित गर्ने बताएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आईतवार १८:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।