Logo

समाचार

अवैध गतिविधिको आरोपमा स्पा तथा मसाज सेन्टरबाट १४ जना पक्राउ



काठमाडौं । व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्पा तथा मसाज सेन्टरबाट १४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्पा तथा मसाज सेन्टरहरूमा अनुगमन तथा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार अनुगमनका क्रममा गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा रामेछापकी २९ वर्षीया पार्वती श्रेष्ठ, नुवाकोटकी २६ वर्षीया सुवु गुरुङ, खोटाङकी २५ वर्षीया चन्द्र बस्नेत, भोजपुरकी ३० वर्षीया पार्वती खत्री र नवलपरासीकी २० वर्षीया पूर्णिमा छन्।

त्यस्तै, काभ्रेपलाञ्चोककी २४ वर्षीया पबिना खड्का, दोलखाकी ३१ वर्षीया अनु तामाङ, रामेछापकी २३ वर्षीया कविता मगर र २१ वर्षीया सविता बोहरा पनि पक्राउ परेका छन्।

यसैगरी झापाकी ३३ वर्षीया अम्बिका कार्की, नुवाकोटकी २१ वर्षीया शर्मिला, धादिङकी २० वर्षीया रोसनी भुजेल, ३० वर्षीया मिना भुजेल र बंगलादेशका ३८ वर्षीय मसुद राना पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आईतवार १९:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।