Logo

समाचार

कोरोना भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह: बेलायती प्रधानमन्त्री



बोलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोना भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् ।

उनले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराए । ती नियमहरुलाई हामीले राम्रोसँग पालना गरौँ र यदि सरकारले बनाएका ती नियम र विधिहरुलाई नमान्ने अवस्था आयो भने त्यसबाट हामी आगामी नयाँ वर्षको समयमा पुनः अर्काे लकडाउन गर्न बाध्य हुने छौँ।

नयाँ वर्षको अवसरमा बेलायतका नागरिकले हाल सरकारले बनाएका नियमहरुको उल्लंघन गर्ने काम भयो भने सरकारले फेरि अर्काे प्रकारको लकडाउन पनि गर्नसक्ने उनले बताएका छन् । पत्रकार सम्मेलनका क्रममा उहाँले बिहीबार सो कुरा बताए । उनले महामारी बढिरहेका बेला हाल नयाँ हिसाबले बेलायतको सरकारले नियमहरु बनाएकोले त्यसलाई पालना हुन नसकेको पनि सो अवसरमा बताए । उनका अनुसार अहिलेको अवस्थामा नागरिकले नियमको पालना गरेनन् भने त्यसले आगामी दिनमा थप समस्या ल्याउने र यदि त्यस्तो अवस्था आउने देखियो भने नयाँ वर्षको अवसरमा देशव्यापी रुपमा लकडाउन गर्नुपर्ने पनि हुन सक्ने उनको भनाइ थियो । 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार १४:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।