Logo

प्रवास

युके एनआरएनएमा पुनम समूह गुन्डागर्दीमा उत्रियो



एनआरअन युकेको चुनाव जितेर केन्द्रको चुनाव प्रभावित गर्ने योजना बनाइ रहेको गिरोहको फन्दामा पुनम गुरुङ परेकी छन् । साम, दाम, दण्ड, भेद जसरी पनि चुनाव जित्नु पर्छ भन्ने योजना बोकेको सो गिरोहले पुनमको उम्मेदवारी घोषणादेखि नै उनलाई कब्जामा लिएको थियो । संस्था चलाउने कुनै अनुभव नभएकी र स्वतन्त्र निर्णय गर्न सक्ने क्षमता नभएकी उनलाई प्रयोग गर्दै सो समूहले युकेमा जातीय नारा पनि दियो।

तर सो नाराले काम नगर्ने देखे पछि उक्त समूहले निर्वाचन समितिलाई नै घेरावन्दी गर्ने प्रयास गर्र्यो । सबै भन्दा संवेदनशील ठानिने बेजिंगस्टोक मतदान केन्द्रमा नेपाल पत्रकार महासंघ युकेका वर्तमान अध्यक्ष नरेश खपांगीलाई पठाइयो। त्यस्तै एनआरएन केन्द्रले पूर्व एमालेकी कार्डहोल्डर सुष्मा राइलाई केन्द्रिय प्रतिनिधि तोकेर पठायो।

अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङको गृह क्षेत्र रहेको बेजिंगस्टोक मतदान केन्द्रमा शनिवार बिहानैदेखि एकलौटी गर्ने प्रयास गरिएको र खुल्लमखुल्ला धांधली गरिएको भन्दै अध्यक्षका प्रत्यासी शेर सुनार समूहले लिखित उजुरी निर्वाचन समिति समक्ष बुझाए पछि पुनम समूहले शान्तिपूर्णरुपले निर्वाचन भएको ह्यारो बुथमा धाँधली भएको भन्दै निवेदन दिएका थिए ।

तर बेजिंगस्टोकमा गरिएको अनियमितता ढाकछोप गर्न पुनम समूहले त्यस्तो उजुरी गरेको हुन सक्ने एक विश्लेषकले बताए।निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै पुनम गुरुङको फोटो छापिएको टीशर्ट लगाएर उनको समूहका स्वयम्सेवकहरु मतदान केन्द्र भित्र प्रवेश गरेका थिए।

उनीहरुले मतदान केन्द्र भित्रै मतदाताहरुलाई प्रभावित पार्ने प्रयास पनि गरेका थिए । तर निर्वाचन समितिले त्यस्तो कामलाई रोक्न सकेन।सो समूहले युकेको चुनावमा तटस्थ भूमिका निर्वाह गरिरहेका केन्द्रिय अध्यक्ष पदका उम्मेदवार कुल आचार्यलाई पनि विवादमा तान्ने कोशिश गरेको थियो।

तर आचार्यले कुनै समूहलाई जिताउन भन्दा पनि सिंगो एनआरएनको जित होस् भन्ने आफ्नो उद्देश्य रहेको बताएका थिए।उनले पहल गरेमा मात्रै अहिलेको विवादको कुनै टुंगो लाग्न सक्ने एक विश्लेषकले बताए। झन्डै साढे १३ हजार मतदाता सहित एनआरएन युके संसारकै सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद बन्न पुगेको छ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार ११:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।