गाडी अन्य पार्टीका नेताहरुले चढिरहेका छन् । तर सत्तारुढ नेकपाले ती सबै आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ । नेकपाले प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलगायत ११ नेताको गाडी सम्पत्ति विवरणमा राखेको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि कन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत उल्लेख छ ।
तत्कालीन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रह्लाद बुढाथोकीले असोज १ मा नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल ‘प्रशान्त’ लाई बुझाएका छन् । अन्नपूर्ण पोस्ट
धरानका वीपी प्रतिष्ठानको कार्यवाहक उपकुलपतिमा खनाल नियुक्त
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति पदमा रेक्टर प्राध्यापक डा. गुरुप्रसाद खनाललाई कार्यवाहक उपकुलपति बनाइएको छ ।
उपकुलपतिले गर्ने सम्पूर्ण कामको अधिकारसहित प्रा।डा।खनाललाई सह९कुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको सिफारिशमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार कार्यवाहक उपकुलपतिमा नियुक्त गरेका हुन् ।





















प्रतिक्रिया