Logo

अमेरिकी राष्ट्रपति ट्रम्प हुर्किएको घर, चौथोपटक लिलामी हुँदै



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बाल्यकालमा हुर्किएको घर चौथोपटक लिलाम हुने भएको छ । ३ मिलियन डलरमा लिलाम गर्न लागिएको उक्त घर न्युयोर्कको जमैकामा रहेको छ । घर लिलाम गर्न लागेको कम्पनीले ट्रम्पका फ्यानहरुले घर किन्ने आशा गरेको छ ।

उक्त घर राष्ट्रपति ट्रम्पका पिता फ्रेडले बनाएका हुन् । ट्रम्प यो घरमा ४ वर्षको उमेरसम्म बसेका थिए । सुरुमा ५ बेडरुम भएको यो घर पछि ठूलो बनाइएको थियो । ठुलो बनाइएपछि त्यहाँ थप २ ओटा कोठा थपिएका थिए । यो घर चौथोपटक लिलामी हुन थालेको हो । अघिल्लोपटक सन् २०१६ मा लिलामी भएको यो घर त्यसबेला स्थानीय व्यक्तिले लिएका थिए ।  

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार २३:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।