सुनको भाउ फेरी बढेको छ । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन सोमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार तोलामा थप पाँच सय रुपैयाँ बढेको हो ।
यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।





















प्रतिक्रिया