Logo

अष्ट्रेलियाविरुद्ध भारत २ सय ४४ रनमा अलआउट



अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो ईनिङ्समा भारत २ सय ४४ रनमा अलआउट भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिन ६ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । २ सय ३३ मा ६ विकेट गुमाएर दोस्रो दिनको खेल थालेको भारतले ११ रन जोड्दा बाँकी ४ विकेट गुमाएको थियो ।

आज रिद्धिमान शाह ९, रविचन्द्रन आश्विन १५, उमेश यादव ६ र मोहमद सामी शुन्य रनमा आउट भए । जसप्रीत बुम्राहा ४ रनमा नटआउट रहे । भारतीय टिमका लागि कप्तान विराट कोहलीले ७४ र चेतेश्वर पुजाराले ४३ रन बनाए । अष्ट्रेलियाको तर्फबाट मिसेल स्टार्कले सबैभन्दा बढी ४ विकेट लिए ।
 
अबको केहीबेरमा अस्ट्रेलिया ब्याटिङमा उत्रदै छ । 

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार ११:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।