नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर ९० हजार ६०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ ।
यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ७ सय रुपैयाँले नै बढेर ९० हजार १ सय ६० रुपैयाँ पुगेको छ । गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४ सय ६० रुपैयाँ थियो । यता चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेर ९ सय ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य ९ सय ३० रुपैयाँ थियो ।





















प्रतिक्रिया