Logo

अर्थ

घाटामा गएका कम्पनीको पहिचान गरि कर्जा प्रवाह गर्न बैंकर्स संघको सुझाब



घाटामा गएका र जानसक्ने कम्पनीहरुको पहिचान गरी यस्ता कम्पनीहरुलाई प्राथकितामा राखेर पुर्नकर्जा उपलब्ध गराउन नेपाल बैंकर्स संघले अनुरोध गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिदै संघले २०७६÷७७ मा घाटामा रहेका र २०७७÷७८ मा पनि अत्यधीक घाटामा जान सक्ने कम्पनीहरुलाई पहिचान गरि प्राथमिकतामा राखेर पुनरकर्जा प्रवाह गर्न अनु्रोध गरेको हो ।

संघले कोभिड–१९ को न्युनिकरण गर्न संघको तर्फबाट सुझाबहरु दिएको हो । कोभिड– १९ र सो पछिको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुको निष्कृय कर्जा बढ्न जाने र कर्जा व्यवस्थापनमा समस्या पर्न सक्ने देखिएकाले सम्पति व्यवस्थापन कम्पनीको स्थापना गर्नु पर्ने भएमा त्यसका लागि राष्ट्र बैंकले आवश्यक नीतिगत व्यवस्था गर्न उपयुक्त हुने संघको दावि रहेको छ । बैंकहरुले पनि यस्ता कम्पनीको पहिचान गरि कर कम गर्न प्रयत्न गरिरहेको बताएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आईतवार १४:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।