Logo

अर्थ

सरकारले २४ अर्ब आन्तरिक ऋण उठाउने, सर्वसाधारण पनि बोलकबोलमा उपस्थि हुन पाउने



सरकारले थप २४ अर्ब ३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि नेपाल राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिलको बोलकबोल गर्नेछ । केन्द्रीय बैंकले २८ दिन, ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ ।

यो ट्रेजरी साउन ६ गते परिपक्क हुनेछ । ९१ दिनका लागि जारी हुने १४ अर्ब ३ करोड रुपैयाँको ट्रेजरी बिल असोज ६ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी पुस ७ गते परिपक्क हुनेछ । ट्रेजरी बिल १ वा १वर्षभन्दाकमअवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीनअवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिलबिक्रीगरिन्छ ।

भुक्तानीमितिअगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलताअनुपात, स्थायी तरलता सुविधातथाअन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक, वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार ११:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।