Logo

अर्थ

नियमक निकायले सम्पूर्ण लगानीकर्ताको हितको लागि पुँजी बजार खोल्नुपर्छ : राधा पोखरेल



नेपाल पुँजी बजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेले नियमक निकायले सम्पूर्ण लगानी कर्ताको हितको लागि बजार खुलाउनु पर्ने बताएकी छिन् । सेयर बजार लामो समय देखि बन्ध रहेकोले लगानीकर्ताहरु मारमा परेको र उनिहरुको मनोबल उकाष्न बजार खोल्नु पर्ने उनको भनाई रहेको छ । अनलाइलपाना डटकमसंग कुरा गर्दै पोखरेलले बिस्तारै सबै कार्यलय तथा व्यवसायहरु खुल्दै गएको र सेयर बजार पनि अब खुल्नु पर्ने बताएकी हुन्।

तत्कालै बजार खुलाउदा लगानी कर्तालाई खासै ठुलो असर नपर्ने पनि उनको भनाइ रहेको छ । तत्काल बजार खुल्दा गाउँ गएका लगानी कर्ताहरुलाई असहज हुने भए पनि लगानीको  प्रबन्ध मिलाएर शेयर बजार खुलाउन पर्ने अनलाइनपानासंग कुरा गर्ने क्रममा उनले बताएकी छिन् ।

सरकारले बजेटमा धितोपत्र बोर्डलाई खासै उपयोगी केही राहत नल्याएको र मौद्रिक नीतिमा पुँजी बजारको लागि दिएको सुझावहरु कार्यान्वयन गर्नु पर्ने पोखरेलको भनाइ रहेको छ । नियमक निकायले गाउँ गएका लगानीकर्ताहरु जस्तै, २ नम्बर प्रदेश र ५ नम्बर प्रदेश अहिले शेयर कारोबार को पहुचबाट टाढा रहेका लगानी कर्ताको लागि पनि मिल्ने खालको परिस्थिको सिर्जना गरि शेयर बजार खोल्नु पर्ने उनको भनाइ रहको छ ।

शेयर बजारलाई पूर्णरुपमा अनलाइन प्रणालिमा ल्याउन नसक्नुको कारण सम्पूर्ण लगानी कर्ताले अनलाइल प्रणालि भन्दा अन्य प्रणालिलाई प्राथमिकता दिनु, सम्पूर्ण ठाउँमा इन्टरनेटको पहुँच नहुनुले पनि शेयर कारोबार अनलाइन प्रणालीमा जान नसकेको पोखरेलको भनाइ छ ।

विश्व महामारिको रुपमा रहेको कोभिड– १९ संगै शेयर बजारमा आएको समस्यालाई मध्यनजर गर्दै आर्थिक वर्ष २०७७-८८ को बजेटबाट लगानी कर्ताले केहि राहत प्याकेजको आस गरेका थिए । तर बजेटले शेयर बजारमा राहत हुने खालको केहि प्याकेज ल्याएन । बजेट भन्दा मौद्रिक नीति पुँजी बजारको लागि सकारात्मक भएको र यसले पुँजी बजारको लागि केहि राहतको प्याकेज ल्याउन सक्ने उनको भनाई छ ।

मौद्रिक नीतिमा पोखरेलले सरकारलाई लगानी कर्ताको माग सिधै लगानी कर्ताको खातामा पैसा हालदिन भन्ने खालको नभएको र केहि नियम परिवर्तको लागिमात्र माग गरेको बताएकी छिन् । उनले मौद्रिक नीतिले लगानि कर्ताको मनोबल उच्च बनाउने खालको प्याकेज ल्याउनु पर्ने माग रहेको बताएकि हुन् ।

जस्तै, अनलाइलबाट कारोबार गर्दा १० लाखसम्मको मात्र कारोबार गर्न मिल्ने  व्यवस्था परिवर्तन गर्नु पर्ने, लगानी कर्ताले लिने शेयर लोन धेरै छ, त्यो घटाइ दिनु पर्ने, एनआरएन शेयर बजारमा ल्याउने भन्ने कुरामा रहेको र ल्याउन नसकि रहेको अवस्थालाई सुधार गर्ने जस्ता कुरा सरकारले सुधार गर्नु पर्ने पोखरेलको भनाइ रहेको छ ।

बजारमा नयाँ आउने लगानी कर्तालाई बजारको अवस्था देखेर मनोवल गिराउने भन्दा पनि उच्च मनेवलका साथ लगानी गर्न पोखरेलले आग्रह गरेकी छन् । २ वर्ष अगाडि तामझामका साथ ल्याएको अनलाइन प्रणालि २ वर्ष पछिसम्म नि भर्खर हिडन थालेको बच्चा जस्तो ढिलो भएको कारण नियमक निकायले तिव्र रुपमा सुभार गर्नु पर्ने उनको माग रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार १६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।