आइतबार सुन–चाँदीको मूल्य बढेको छ । आइतबार छापावाला सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेर ९१ हजार ३०० रुपैयाँ पुगेको छ । गत शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ९० हजार ६०० रुपैयाँ थियो । सुनको भाउ अहिलेसम्मकै उच्च हो ।
यस्तै, तेजावी सुनको भाउ पनि प्रततोला ६०० रुपैयाँले बढेर ९० हजार ८६० रुपैयाँ पुगेको छ । शुक्रबार तेवानी सुनको भाउ प्रतितोला ९० हजार १६० रुपैयाँमा कारोबार भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ ।
आइतबार चाँदीको भाउपनि ५ रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको भाउ प्रतितोला ९ सय ४० रुपैयाँ थियो ।





















प्रतिक्रिया