Logo

अर्थ

धानको उत्पादकत्व बढाउँदै जान आवश्यक छः मुख्यमन्त्री



प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले धानको व्यावसायीकरणका माध्यमबाट रोजगारीको सिर्जना एवं निर्यात गर्ने रणनीति बनाउँदै प्रदेश सरकार योजनाबद्ध रुपमा अघि बढिरहेको बताएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना दिँदै उनले खेतीयोग्य भूभागमा सिंचाइको उपलब्धता बढाउँदै जाने, उन्नत जातका बीउबिजन र मलखाद किसानलाई सहज उपलब्ध गराउने एवम यान्त्रीकीकरणमा जोड दिने नीति प्रदेश सरकारले लिएको उनले बताए ।

केही दशकअघि धान निर्यातको इतिहास बोकेको मुलुकले अहिले चामल आपूर्तिका लागि आयात गरिरहेको जनाउँदै उनले आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउँदै जान आवश्यक रहेकामा जोड दिएका छन् ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार १३:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।