मंगलबार शेयर बजार ३ पटक सकारात्मक सर्किट लागेर आजको लागी बन्द भएको छ । शेयर बजारमा लगानी कर्तार्काको ओईरो लागेपछि प्रायः सबै कम्पनीको शेयरको मूल्य बढेको छ ।
अनिबार्य डिम्याट जाँचका कारण चार दिन यता किनेका शेयर बिक्री गर्न नमिल्ने भएपछि आपुर्ति नियन्त्रण हुन गई मुल्य बढेको हो । पहिले ४, त्यसपछि ५ र अन्तिममा ६ प्रतिशतले सूचक बढेपछि आजका लागि कारोबार बन्द भएको हो ।
तीन पटक सर्किट लागेर पनि शेयरको मूल्य उल्लेखनीय रुपमा बढ्ने क्रम नरोकिएपछि सूचकमा ६.०६% अर्थात ७२.०२ ले बढेर १२६०.७२ अंकमा पुगेपछि शेयर कारोबार आजका लागि बन्द भएको हो । बजार बन्द हुनु अघि १ बजेसम्ममा २२ करोड ७२ लाख रुपैयाँ बराबरको किनबेच भएको नेप्सेको वेवसाईटमा उल्लेख छ ।





















प्रतिक्रिया