Logo

अर्थ

राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी



काठमाडौं। नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ।

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘क’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ।

ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टर पार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ।

काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ।

राष्ट्र बैंकल न्यूनतम पाँच करोड र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाइएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार १९:४९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।