Logo

अर्थ

शेयर बजारमा चमक आउनुको कारण लगानीकर्ताको उच्च मनोवल



विश्व महामारिको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रको लागि सरकारले गरेको लकडाउनले सबै क्षेत्र बन्द भएका छन् । यस बेला सम्पुर्ण क्षेत्रका मानिसहरु आहात बनेका छन् । बिस्तारै सबै क्षेत्रहरु खुले पनि परिस्थिती सामान्य अवस्थामा आउन सक्ने अवस्था छैन् । नेपालमा संक्रमितको संख्या दिनहुँ बढने क्रममा रहेको छ । यस्तो अवस्थामा खुलेको शेयर बजारले भने सर्वसाधारण लगानीकर्ताहरुलाई र केहि राहतको महसुस गराएको छ ।

लगडाउन पछि दोस्रो दिन खुलेको शेयरबजारमा बजार ३ पटक सकारात्मक सर्किट लागेर आजको लागी बन्द भएको छ । शेयर बजारमा लगानी कर्ताको ओईरो लागेपछि प्रायः सबै कम्पनीको शेयरको मूल्य बढेको छ । सर्किट लागेर शेयर बजार दिउसो १ बजेबाट बन्द भएको हो । अनिबार्य डिम्याट जाँचका कारण चार दिन यता किनेका शेयर बिक्री गर्न नमिल्ने भएपछि आपुर्ति नियन्त्रण हुन गई मुल्य बढेको छ । पहिले ४, त्यसपछि ५ र अन्तिममा ६ प्रतिशतले सूचक बढेपछि आजका लागि कारोबार बन्द भएको छ ।

तीन पटक सर्किट लागेर पनि शेयरको मूल्य उल्लेखनीय रुपमा बढ्ने क्रम नरोकिएपछि सूचकमा ६.०६% अर्थात ७२.०२ ले बढेर १२६०.७२ अंकमा पुगेपछि शेयर कारोबार आजका लागि बन्द भएको हो । शेयर बजार बन्द हुनु अघि १ बजेसम्ममा २२ करोड ७२ लाख रुपैयाँ बराबरको किनबेच भएको नेप्सेको वेवसाईटमा उल्लेख छ ।

सेयर बजार निकै तल जान्छ कि भन्ने आम लगानीकर्तामा यसअघि निकै त्रास पनि थियो । यस्तो त्रासका बीच मंगलबार बजारले लगानीकर्ताको आत्मबल बढाउने काम गरेको कारण शेयर बजार बढेको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले अनलाइनपाना डटकमलाई बताएकी छन् । शेयर बजार लगानी कर्ताको मनोवलमा आधारित भएर चल्ने भएको कारण लगानीकर्ता सकारात्मक भएको कारण शेयर बजारमा चमक आएको उनको भनाई रहेको छ ।

उनले अनलाइल कारोबारमा सुधार आए संगै लगानीकर्ताले बजारमा सक्रिय रुपमा लगानी गरेको कारण शेयर बजार बढेको बताएकी छन् । यसबीचमा वित्तीय प्रणालीमा पर्याप्त तरलता थपिएको छ । बैंकिङ प्रणाली तरलता सहज हुँदा ब्याजदर पनि निकै सस्तो भएको छ । यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने देखिएको छ । यसैगरी, अन्य उद्योगधन्दा नियमित सञ्चालन भइनसकेकाले पनि लगानी गर्ने पहिलो क्षेत्र सेयर बजार भएको छ । यसले पनि नेप्सेमा सुधार हुन सहयोग पुर्याएको पोखरेलको भनाइ रहेको छ ।

नेपाल इन्भेष्टर्स फोरमकी सदस्य सिर्जना सुबेदीले अहिलेको अवस्थामा अन्य क्षेत्रमा कारोबार तथा लगानी गर्ने ठाउँ नभएको कारण सम्पूर्ण लगानीकर्ता शेयरबजारमा सक्रिय भएको र शेयर बजारमा सकारात्मक सुभार आएको अनलाईनपाना डटकमलाई बताएकी छन् ।

यस्तै, यसबीचमा सरकार तथा नियामकले पनि बजार सुधारका काम अघि बढाएको छ । मौद्रिक नीतिमार्फत पनि सेयर बजारका समस्या समाधान गरिने गभर्नरले यसअघि नै प्रष्टीकरण दिइसकेका छन् । यसले पनि आम लगानीकर्ताको मनोविज्ञान सुधार्न सहयोग पुर्याएको हो । सेयर बजारमा लगानीकर्ताको विश्वासले पनि निकै अहम भूमिका खेल्ने गर्छ । यसर्थ लगानीकर्तामा सकारात्मक भाव हुन जरुरी छ । होल्ड गर्न सक्ने क्षमता पनि उत्तिकै जरुरी हुन्छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलवार १६:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।