Logo

अर्थ

एनआरएनएलाई आइएलओको पाँच करोड बढी सहयोग



अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहकार्य अघि बढाएको छ । आइएलओले गैरआवासीय नेपाली संघलाई चार लाख २४ हजार ३१० अमेरिकी डलर सहयोग गरेको छ । उक्त रकम अहिलेको विनिमय दरको हिसाबले रु पाँच करोड १० लाखभन्दा बढी हो ।

संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार आइएलओबाट प्राप्त अनुदान कोभिड–१९ भाइरसका कारण प्रभावित विभिन्न देशमा रहेका नेपाली श्रमिकको सहयोगमा खर्च गरिनेछ । श्रम गन्तव्य मुलुक मलेशिया, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबियामा रहेका नेपाली श्रमिकको सहयोगमा अनुदान रकम उपयोग गरिने संघले जनाएको छ ।

कोरोनाका कारण श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरु बढी प्रभावित छन् । कोरोना सङ्क्रमणका साथै रोजगारी गुम्ने दर पनि ह्वात्तै बढेको छ । बेरोजगार भएर बसेका नेपालीहरुलाई नेपाल फर्काउने क्रम पनि चलिरहेको छ । त्यस कार्यका लागिसमेत आइएलओको सहयोग उपयोग गर्न सकिने संघले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार ११:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।