सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर ९० हजार ९०० रुपैयाँ पुगेको छ । सोमबार यसको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ७०० रुपैयाँले नै बढेर ९० हजार ४६० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन यसको मूल्य ८९ हजार ७६० रुपैयाँ थियो । यता, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला ९ सय ४० रुपैयाँमा कारोकार भएको थियो ।






















प्रतिक्रिया