Logo

अर्थ

उन्नत जातको बाख्रा वितरण



मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत गरीब तथा विपन्न ४४ घरधुरीलाई आज उन्नत जातको बाख्रा वितरण गरिएको छ । प्रदेशसभाका सदस्य डा कृष्ण न्यौपानेले रुपन्देही क्षेत्र नम्बर १ को रोहिणी गाउँपालिकामा बाख्रा वितरण गरेका छन् ।

गाउँपालिकाले अतिगरीब तथा विपन्न परिवार छनोट गरेका आधारमा उनीहरुलाई धकधईमा बाख्रावितरण गरेको हो । बाख्रा लिन स्थानीयवासी दाम्लो लिएर बसेका थिए ।

रोजगारी सिर्जना गर्ने उद्देश्यले विपन्न घरधुरीलाई उन्नत जातको बाख्रा प्रदान गरिएको प्रदेशसभा सदस्य डा न्यौपानेले बताए । उनले भने, “मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत हामी सबैलाई रोजगारी दिने अभियानमा छौंँ ।”

गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले किसानहरुको जीवनस्तर माथि उकास्न सङ्घ र प्रदेश सरकारसँगै स्थनीय सरकार लागिपरेको बताएका छन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १३:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।