Logo

अर्थ

अजोड इन्सुरेन्सको आइपीओ बिक्रि खुला, कति कित्तासम्म आबेदन दिन पाइन्छ त?



अजोड इन्सुरेन्सको आज बिहीबार (असार २५ गते) बाट ३० करोड रुपैयाँको आइपीओ बिक्रि खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । अजोडले कुल ३० लाख कित्ता आइपीओमध्ये ४५ अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५५ अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आस्वा सदस्य भएका सबै बैंक तथा वित्तीय संस्थाबाट यसमा आवेदन दिन सकिनेछ । मेरो सेयरबाट पनि सेयर भर्न पाइनेछ । यस इन्सुरेन्सको आइपीओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन पाइनेछ । यो आइपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । हाल अजोडको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १०:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।