Logo

अर्थ

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा



सुनको मूल्य अहिलेसम्म कै उच्च बिन्दूमा पुगेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन यसको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९०५ रुपैयाँले बढेर ९१ हजार ९६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य ९१ हजार ६० रुपैयाँ थियो । यता चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर ९ सय ८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको मूल्य ९ सय ५५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार ११:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।