कामगरेको ज्याला माग्दा जाँदा विरगंज महानगरपालिका २२ जगरनाथपुरका एकैपरिवारका ४ जनालाई निर्घात कुटपिट गरिएको छ । कामगरेको ज्याला माग्न पुगेको सोही परिवारका ४ जना उमेश शाह कानु्, ममेश शाह कानु्, आदेश कानु र रामजी कानु र उनकी आमा बचन कुमारीलाई साहु विहारी शाह र उनका छोरा र भान्जा पुलिस अजय शाह मिलेर निर्धात कुटपिट गरिएको छ ।
यसरी भयो घटना :
उमेशले विहारी शाहको भुषिया भर्ने काम गरेको थिए। ट्याक्टरमा लोड गर्ने काम गरेको उनले दुईदिनको ज्याला दिनु १६ सय रुपैयाँ दिनु थियो । तर, दुईदिन सम्म ज्याला नदिएपछि उमेश सहितको परिवार १६ रुपैया ज्याल माग्न जाँदा विहारी शाहले धम्की दिदै मेरो भान्जा पुलिस तेरो ज्याला दिन्न भने ।
उनीहरुले आफूलृे कामगरेको ज्याला दिन निकै जोड गरे तर ज्याला दिन नमानेपछि उनीहरुले पुलीसको धम्कि देखाइ चारै जनालाई विहारीका छोरो रामबाबु शाह र पुलिस मिलेर चारैजनालाई धारिलो हतियार समेत प्रयोगगरि कुटपिट गरे ।
उनीहरुलाई कुटपिट गर्दा पनि प्रहरी घटनास्थल सम्म आएन उल्टै भान्जा नाता पर्ने पुलिस अजय कानुले बचनीदेविलाई र उनकाे छाेरा उमेश कानुलाइ प्रहरीकहाँ लगेर बुझाइदिए भने तीन जना ममेश र र आदेशलाई अस्पताल लगेर भर्ना गरिएयो । यतिबेला बेलुका झण्डै ७ बजि सकेको थियो । वडा अध्यक्षले घटनाको सबै बुझेर राती १० बजे प्रहरीका गएर बचनदेविलाई छुट्याएर ल्याएका थिए ।
अहिले भने प्रहरीले घटनामा गाउँमै मिलाउनका लागि दबाब दिर्दै आएका छन् । वडा अध्यक्ष छोरा समिर आलमले अहिले प्रहरीले परिवारबीचको आन्तरिक झगडा भएकाले गाउँमै मिलाउनका लागि दबाद दिएको बताए । ‘अहिले प्रहरीले गाउँमै मिलाउन भनेको भोली छलफल हुने कुरा छ,’ उनले भने ।
तर घटनामा संलग्न भनिएका प्रहरी अजय कुमार गुम्ता भने घटना हुदाँ आफ् ति रहेको बताए । आफ्ना दुइपक्ष नाताले मामा पर्ने भएकाले कसैको पनि पक्ष नलिने मनशायले झगडा नछुट्याएको जानकारी दिए ।
अनलाइनपानाको टेलिफान सम्पर्कमा आएका गुम्ताले भने ‘झगडा भएको थियो मैले दुबैको पक्ष नलिने हुनाले आफ्ले मोबाइलामा भिडियो खिचेर बसेको हुँ तर घटनामा घाइते भनिएकाहरुको कुनैपनि चोटपटक नलागेको र पछि घाइटते दाबी गरेको पिडितले नै बिलेटले काटेर आफ्ुलाई कुटेर घाइते बनाएको हो भन्नेपारेको हो’, गुप्ताले भने ।
प्रहरी भएर झगडा मिलाउने कि भिडियो खिच्ने त भन्ने ? अनलाइन पानाको प्रश्नमा गुम्ताले भने ‘दुबैको पक्ष नलिने भएकाले भिडियो खिचेको हुँ ।’
तर त्यहाँका वडाका अध्यक्षले भने कुनै पनि प्रहरीले भनेकाे कुरामा सत्यता नभएकाे दाबी गरे ।
तर वडा नम्बर २२का वडा अध्यक्षले सतप्रतिशत प्रहरीकै संलग्नतामा झगडा भएको बताए ।
झगडा मुख्य जड भनेकै प्रहरी हो । घाइतेलाई लौरोले हानेर घाइते बनाइएको छ । ‘कसरी विलेटले काटेरचोट लागेको भन्न पाइन्छ। वडा अध्यक्ष मोहद ग्यासुदिन मियादले भने,‘ समाजमा अन्य धेरैले देखेका छन् प्रमाण भनेकै समाज हो । भोलीसमाज राखेर प्रहरीसँग कुरा गर्ने छ,’ उनले भने ।





















प्रतिक्रिया