रौतहट जिल्लामा एकजना वडाध्यक्षको निधन भएको छ ।
इशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको हो ।
दुई सातादेखि ज्वरो, रुधा र खोकी लागेर बिरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको आशंका गरिएको छ । तीनदिन पहिले उनको आरडिटी गरिएको थियो ।





















प्रतिक्रिया