Logo

प्रमुख समाचार

एनआरएन यूएईका अध्यक्ष पक्राउ



गैरआवासीय नेपाली संघ (एनआरएन) युएईका अध्यक्ष रमेश श्रेष्ठलाई दुवई प्रहरीले नियन्त्रणमा लिएको छ।शुक्रबार बरदुवईमा भइरहेको धुर्मुस–सुन्तली साँझ कार्यक्रममा सहभागी भइरहेका बेला श्रेष्ठलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो ।

श्रेष्ठलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले केही पनि खुलाएको छैन । तर, लेनदेन विवादमा उनी पक्राउ परेको हुनसक्ने अनुमान गरिएको छ ।

एनआरएन मध्यपुर्व क्षेत्रीय समिति उपसंयोजक गोपाल कंडेलले श्रेष्ठलाई नियन्त्रणमा लिएकोबारे जानकारी पाए पनि पक्राउन पर्नुको कारणबारे जानकारी हुन नसकेको बताए ।

धुर्मुस–सुन्तली साँझ कार्यक्रम संयोजक चितवन समाज सेवा समितिका अध्यक्ष पशुराम घिमिरेका अनुसार कार्यक्रम स्थलमा सँगै रहेका श्रेष्ठलाई कसैले बोलाएपछि बाहिर निष्किएका थिए । त्यसपछि उनी कार्यक्रम स्थलमा फर्किएनन् । पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको खबर पाएको उनले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार ०९:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।