नक्कली चेक, नक्कली हस्ताक्षर र नक्कली एटिएम प्रयोग गरेर बैँकबाट सर्वसाधारणको रकम चोरी भएपछि प्रहरीले निगरानी बढाएको छ। जस अनुसार प्रहरीले १८ बैँकलाई शंकाको घेरामा राखेको छ । मुख्यगरि सबै खाले गलत गतिविधीसंग संलग्न रहँदै आएको एनआईसी एसियालाई टार्गेट गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख तथा एसएसपी उत्तमराज सुवेदीका अनुसार विभिन्न बैंकमा खाता रहेका व्यक्तिको कागजात चोरी गरी नक्कली चेक बनाएर हस्ताक्षरसमेत उस्तै नै कायम गरी पैसा चोर्ने ६ जनालाई पक्राउ गरेपछि सो प्रकरणमा बैंकका कर्मचरीमाथि समेत अनुसन्धान सुरु गरिएको हो । यो सामाचार आजको राजधानी दैनिकमा छापिएको ।
समाचार अनुसार बैंकका तर्फबाट पैसा चोरी भएका खातावालाको गुनासोपछि प्रहरीले रकम चोरी गर्ने समूहलाई नै पक्राउ गरेको बताए । प्रहरीका अनुसार बातविक खातावालको नागरिकतासहित सक्कली कागजात चोरी गरेर चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाएर हस्ताक्षर समेत चोरी गरेर बैंकबाट पैसा चोरी भएको हो ।
पैसा चोरी भएको विषयमा जनता बैंक, एनआईसी एशिया तथा मुक्तिनाथ विकास बैंकका कर्मचरी समेतलाई अनुसन्धानको दायरामा ल्याइएको बताए । यस्तै १८ वटा बैंकलाई प्रहरीले शंकाको घेरामा राखेको पनि समाचारमा उल्लेख गरिएको छ।





















प्रतिक्रिया