हरेक चार वर्षमा हुने एक एकसिङ्गे गैँडा गणनाका लागि हात्ति तयार पार्न सुरु गरिएको छ। यही आउँदो चैत महिनामा एकसिङ्गे गैँडा पाइने चितवन जस्तै पर्सा, बर्दिया, शुक्लाफाँटा लगायतका निकुञ्जहरुमा गैँडा गणना गर्ने तयारी गरिएको छ । यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो ।
क्यामरा ट्र्यापिङ गर्नका लागि होस् वा प्रत्यक्ष जङ्गलमा विचरण गरेर नै किन नहोस्, गैँडाको वर्तमान अवस्था पत्ता लगाउन हात्ती चढेर गणकहरूले काम गर्छन् । जङ्गलका सबै क्षेत्रमा कच्चा सडक नभएकाले पनि हात्तीको प्रयोग बढी हुन्छ । सबैभन्दा धेरै गैँडा चितवनमै भएकाले विशेष तयारी चलिरहेको छ ।





















प्रतिक्रिया