दाङको तुलसीपुरमा एक सुस्त श्रवण बहिरा महिला बलात्कार पश्चात गर्भवती भएको पाइएको छ । उनको पेटमा बलात्कारबाट बच्चा रहन गएको हो ।
पीडीत पक्षले राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा स्वास्थ्य परीक्षण गराउने क्रममा पेटमा ७ महिनाको बच्चा भेटिएको जनाइएको छ । २६ वर्षीय महिला बोल्न नसक्ने भएकाले कसले बलात्कार गरेको हो भन्ने खुल्न सकेको छैन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । ‘करणी गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न पीडित पक्षले जाहेरी दिएका छन्’ निमित्त प्रहरी प्रमुख चक्रडम्बर पालले भने ।
यसैबीच दाङकै तुलसीपुर उपमहानगरपालिका ६ रजौरा निवासी ३० वर्षीय हेमप्रकाश ओलीविरुद्ध जर्बजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ । ओलीले दशरथपुर गाउँपालिकाकी एक युवतीलाई जर्बजस्तीकरणी प्रयास गरेको भन्दै सोमबार मुद्दा दर्ता भएको थियो । राजधानी दैनिकमा समाचार छ ।





















प्रतिक्रिया