Logo

पत्रपत्रिका

कतार उडेका मोहम्मद जब अमेरिका पुगे



नेपाली युवाहरुको घरको आर्थिक टार्ने एक मात्र माध्यम वैदेशिक रोजगार हो । परिवार चलाउन, घर खर्च टार्न र बालबालिका पढाउन स्वदेशमा रोजगारी नुहुँदा विदेशिनेहरुको लहर नै चलिरहेको छ ।

यस्तै परिबन्धमा परेका बैरिया– ७, रौतहटका मोहम्मद आफताब केही कमाउन भन्दै श्रमिकको हैसियतमा कतार उडे । कक्षा १२ सम्मको अध्इइा नगरेका उनले स्थानीय एजेन्टलाई डेढ लाख रुपैयाँ बुझाएपछि पाँचवर्षे राहदानीमा भिसा टाँगेर २०७० माघ २६ गते कतार उडे । तर, पाँच वर्षपछि २०७५ माघ २८ गते अमेरिकाबाट स्वदेश फर्किए । खाडी पुगेका मोहम्मद कसरी अमेरिका पुगे ? अमेरिका छिरेका उनी किन फर्किए ?

कतार अमेरिका यात्रामा के भयो ? यी प्रश्नका उत्तरले अमेरिका छिर्न हुटहुटीमा हन्डर, हिरासत र धोकाको हुन्डरीमा परेर घरखेत गुमाउन पुग्ने धेरै नेपालीको कथा बोल्छन् । पहिले उनकै कथा । कतारमा मोहम्मदको एक फोन कम्पनीको सेल्स डिपार्टमेन्टमा काम पाएका थिए । पैसा ठिकै थियो, काम पनि उनका निम्ति उति गाह्रो थिएन । त्यहाँ रहँदा बस्दा उनले आफूजस्तै एक बंगलादेशी कामदारलाई चिनेका थिए । एकदिन फेसबुक चलाइरहेका बेला थाहा पाए केही दिनअघिसम्म आफ्नै छेउमा बस्ने बंगाली साथी अमेरिका छिरेछ ।

खुबै चासो राखेर उनले बंगाली साथीलाई फेसबुक म्यासेन्जरबाटै सोध, तिमी कसरी पुग्यौ अमेरिका रु एक बंगाली एजेन्टमार्फत मेक्सिको हुँदै अमेरिका छिरेको सुनाएर उसले मोहम्मदको इच्छा बुझे जसरी भन्यो, ‘तिमी पनि आउने भए त्यही एजेन्टलाई भेट । ’एजेन्टलेलाई नेपाली १४ लाख रुपैयाँ किस्ता किस्ता बुझाउने सहमति भएपछि उनको ब्राजिलको पर्यटक भिसा लाग्यो । ब्राजिलको साओ पाउलो पुगेपछि उनको अवैध यात्रा शुरु भयो । एजेन्टले भनेअनुसार उनी पेरु हुँदै इक्वेडर पुगे अनि कोलम्बिया छिरे । अमेरिका छिर्न हिँडेकाहरुलाई मानव तस्करले पानामा पुर्याउन डेरियन ग्याप भनिने जंगल बाटो पैदल हिँडाउँछन् ।

कागजातबिना सीमा पार गर्न लागेको भन्दै उनलाई अमेरिकी सीमा सुरक्षा अधिकारीले तत्काल पक्राउ गरे । अनेकन् कागजी प्रक्रिया पूरा गर्दै उनी १६ महिनासम्म अमेरिकी अध्यागमनको थुनामा बसे । शरणार्थीको मान्यता पाइने आसमा उनी लामो कानुनी चक्करमा प्रवेश गरे । वकिलले १० लाख रुपैयाँ नेपाली असुल्यो। तर सोचेअनुसार भएन । अन्ततः उनी देश निकाला (डिपोर्ट)मा परे । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आईतवार ०२:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।